Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

    बजेटको पक्षमा मतदान गर्न कांग्रेसद्वारा ह्विप जारी

    अनलाइन नेपाल
  • मंगलबार, १२ असार २०८०
  • 609
    SHARES

    काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई ह्विप जारी गरेको छ ।

    प्रमुख सचेतक रमेश लेखकले आर्थिक वर्ष २०८०/८१ को बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई ह्विप जारी गरेका हुन् ।



    विनियोजन विधेयक निर्णयार्थ प्रस्तुत हुने दिन अनिवार्य उपस्थित हुन तथा पक्षमा मतदान गर्न र तटस्थ नरहन ह्विप जारी गरिएको छ ।



    बुधबार असार १३ गते बिहान ११ बजे प्रतिनिधि सभाको बैठकमा विधेयक निणयार्थ प्रस्तुत गर्ने तयारी गरिएको छ ।

    बजेटप्रति सत्तारुढ दलकै सांसदहरूले असन्तुष्टि व्यक्त गरिरहेका छन् । यद्यपि, सत्तारुढ दलका शीर्ष नेताहरूबीच बजेटमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने विषयमा ‘अन्डरस्ट्यान्डिङ’ बनिसकेको नेताहरूले जनाएका छन् ।

    IMG-20230627-WA0000

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार