काठमाडौं । विशेष अदालतले कीर्ते कागज बनाई ऋण प्रवाह गरेको अभियोगमा राष्ट्रिय वाणिज्य बैंकको नेपालगञ्जस्थित त्रिभुवनचोक शाखाका प्रबन्धक ललितकुमार शाही र रिजवान अहमदलाई दोषी ठहर गरेको छ ।
उनका साथै रिजवान अहमदलाई समेत कैद तथा जरिवाना हुने फैसला भएको छ । विशेष अदालतका अध्यक्ष शालिग्राम पौडेल तथा सदस्यहरु शालिग्राम कोइराला र खुसीप्रसाद थारुको इजलासले प्रबन्धक शाहीलाई दोषी ठहर गर्दै ८ वर्ष कैद सजाय फैसला भएको हो ।
उनलाई कैदका साथै १ करोड २५ लाख रुपैयाँ जरिवानासमेत हुने अदालतले जनाएको छ । यस्तै सोही मुद्दामा रिजवान पनि दोषी ठहर भएका छन् । उनलाई विशेषले एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरेको छ। यस मुद्दाका अन्य ६ प्रतिवादीले भने सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शाही र अहमदसमेत ८ जनालाई प्रतिवादी कायम गरी १४ पुस २०७७ मा अनियमितता मुद्दा दायर गरेको थियो।
Leave a Reply