Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • शरणार्थी प्रकरणमा भ्रामक समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण

    शरणार्थी प्रकरणमा भ्रामक समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा झुठा समाचारप्रति गृह मन्त्रालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

    नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसकी सांसद डा.आरजु राणा देउवा र पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन भन्ने शीर्षकको समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको हो ।



    गृह मन्त्रालयले नक्कली भूटानी शरणार्थी प्रकरणमा अनावश्यक अरुको नाम जोडिएको भन्दै आज विज्ञप्तिमा जारी गरेको छ ।



    गृह मन्त्रालयले निकालेको खन्डन विज्ञप्तिमा भनिएको छ, ‘आर्थिक राष्ट्रिय दैनिकको मिति २०८० असार ११ गते प्रथम पृष्ठमा प्रकाशित ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन’ शीर्षक समाचारप्रति गृह मन्त्रालयको ध्यानाकर्षण भएको छ । माननीय उपप्रधानमन्त्री एवं गृहमन्त्रीज्यूले कार्यभार सम्हालेसँगै भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउँदै सबै मुद्दामा स्वच्छ, निष्पक्ष र दबाबरहित ढङ्गले अनुसन्धान तथा कारबाही अगाडि बढाउन नेपाल प्रहरीलगायतका सुरक्षा निकायलाई निर्देशन दिनुभएको छ । सोही क्रममा नेपाल प्रहरीबाट नक्कली भूटानी शरणार्थी प्रकरणको अनुसन्धान अगाडि बढी सम्मानित अदालतमा अभियोजन माग दाबी लिई मुद्दाको पुर्पक्ष भइरहेको छ । अनुसन्धान अभियोजन र अदालती प्रक्रियामा रहेको अवस्थामा मुद्दाबारेमा खुल्ने थप तथ्यका आधारमा थप अनुसन्धान हुने विषय यसमा जिम्मेवार प्रहरी निकायले स्वतन्त्रतापूर्वक सम्पादन गर्ने जिम्मेवारीको विषय हो । भ्रष्टाचार र अपराध नियन्त्रणलगायतका अनुसन्धान प्रक्रियालाई दबाबरहित बनाई प्रहरी निकायलाई स्वतन्त्रतापूर्वक अनुसन्धान गर्न मन्त्रालयको नेतृत्व तहबाट निरन्तर सहजीकरण र निर्देशन हुने गरेको छ । तथापि त्यस्तो निर्देशन दिने क्रममा माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्रीज्यूबाट कुनै व्यक्तिलक्षित गरी केही गर्न वा नगर्न कुनै प्रकारको निर्देशन दिएको कुरा भ्रामक, कपोलकल्पित र झुठा भएको व्यहोरा अवगत गराउँछु । सत्यमा आधारित नभईकन प्रकाशित यस्ता खालका समाचारले मन्त्रालयले हाल सञ्चालन गरिरहेको अपराध र भ्रष्टाचार नियन्त्रणको अभियानलाई दिगभ्रमित पार्न उद्यत समूहलाई मात्र फाइदा पुग्ने विषय तर्फ जिम्मेवार प्रकाशन संस्था सतर्क रहनु वान्छनीय छ । न्याय निरुपणको क्रममा रहेको विषयका बारेमा कुनै पनि समाचार प्रकाशन गर्दा सम्बन्धित पक्ष वा पदाधिकारीबाट पुष्ट्याई हुने प्रबन्ध मिलाउने तर्फ संवेदनशील हुन आग्रह गर्दछु । यसर्थ, मन्त्रालय उक्त झूठो, निराधार र भ्रमपूर्ण समाचारको खण्डन गर्दछ । मन्त्रालयको कुशासन र भ्रष्टाचारविरोधी अभियानमासाथ दिन र घटनाको निष्पक्ष छानविन गरी उचित निष्कर्षमा पुऱ्याउन सबैले सहयोग पुयाउन समेत अनुरोध गर्दछ ।’

    केदारनाथ शर्मा सहसचिव/प्रवक्ता

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार