काठमाडौं । काठमाडौंको चन्द्रागिरी नगरपालिका–११, बल्खु खोला पुलमा बस र स्कुटर आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परि मृत्यु हुनेमा स्कुटरको पछाडी सवार स्थानीय ४८ वर्षीया मेनुका इटनी रहेकी छिन् । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
ग १ ख ८५७४ नम्बरको बस र वाग्मती प्रदेश ०२–०३४ प १२४२ नम्बरको स्कुटर आज बिहान ११ बजे आपसमा ठोकिँदा दुर्घटना भएको थियो ।
दुर्घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Leave a Reply