Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • सत्ता गठबन्धन भत्किँदैन, पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

    सत्ता गठबन्धन भत्किँदैन, पाँचै वर्ष टिक्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 684
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसैले गठबन्धन भत्काउन चाहेर पनि नभत्किने बताएका छन् ।

    आईतबार धादिङको आदर्श बहुमुखी क्याम्पस भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले सत्ता गठबन्धन पाँच वर्षसम्मै टिक्ने दाबी गरेका हुन्।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘यो सरकारको आयु कति भनेर पनि मिडियामा हुने नहुने, तपाईहरुले हेर्नुभएको होला, सुन्नुभएको होला। मैले प्रधानमन्त्रीको हैसियतमा गठबन्धनसँग लगातार भएको बैठकहरू र प्रतिपक्षसँग पनि भएको बैठकको आधारमा पाँच वर्ष यो गठबन्धन केही हुनेवाला छैन।’



    उनले प्रतिगमनको परास्त गर्ने, राष्ट्रियताको रक्षा गर्ने, सम्मृद्धिको लक्ष्य र शान्तिलाई सरकारले पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै विकासको नयाँ युगतिर देश जाने जिकिर गरे।

    त्यस्तै, भ्रष्टाचार नियन्त्रण, अर्थतन्त्रको सुधार गर्दै उद्देश्यमा आफू दृढ भएर अघि बढेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार