रौतहट । रौतहट प्रहरीले विभिन्न मुद्दामा फरार रहेका तीन जना प्रतिवादीलाई पक्राउ गरेको छ ।
रौतहट प्रहरीले उनीहरुलाई पक्राउ गरि अदालतमा पेस गरेको हो । गौर नगरपालिका३ बि।पी। चोकबाट ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका हुन् ।
रौतहट फतुवा विजयपुर नगरपालिका वडा नं. १ का २५ वर्षीय राकेश यादवलाई पक्राउ गरी आवश्यक कारबाहीको लागि रौतहट जिल्ला अदालत गौर रौतहटमा बुझाइएको प्रहरीले जनाएको छ।
यसैगरी प्रहरीले अदालतबाट कैद तथा जरिवाना सजाय भई पाइ फरार रहेका लागु औषध मुद्दाका प्रतिवादी ३२ वर्षीय रमेशकुमार यादवलाई बृन्दाबन नगरपालिका-१ बिश्रामपुर टोलबाट पक्राउ गरेको छ ।
अदालतबाट कैद तथा जरिवाना सजाय भई फरार रहेका प्रतिवादी माधवनारायण नगरपालिका-५ कटहरियाटोल स्थितमा ज्यान मार्ने उद्योग मुद्दामा फरार रहेका ७६ वर्षीय बैजनाथ सहनीलाई पक्राउ गरी कारबाहीको लागि जिल्ला अदालत गौरमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
Leave a Reply