Online Nepal
  • बिहिबार, २९ कार्तिक २०८१
  • नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्छ : रक्षामन्त्री खड्का

    नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्छ : रक्षामन्त्री खड्का

    अनलाइन नेपाल
  • सोमबार, ११ असार २०८०
  • 927
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले विश्वमा बढ्दो सुरक्षा चुनौतीलाई सामना गर्ने गरी नेपाली सेनाको संगठनलाई सुदृढीकरण गर्नुपर्ने बताएका छन् ।

    रक्षा मन्त्रालयका लागि विनियोजित बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उपप्रधानमन्त्री खड्काले उक्त कुरा बताएका हुन् ।



    रक्षामन्त्री खड्काले भने, ‘संविधानप्रति प्रतिबद्ध एक नेपाली सेनाको संगठन रहने हाम्रो संवैधानिक व्यवस्था र प्रावधान रहेको अवगत नै छ । त्यसैले हाम्रो नेपाली सेनाको संख्या हामीले उसलाई दिएको जिम्मेवारी बहुप्रकृतिका विभिन्न जिम्मेवारीलाई जोडेर हेर्दा सान्दर्भिक हुन्छ भन्ने म निवेदन गर्न चाहन्छु।’



    उनले राष्ट्रिय सुरक्षाका सन्दर्भमा विश्वको बदलिँदो सुरक्षा परिवेशमा प्रत्येक राष्ट्रले आ–आफ्नै किसिमका सुरक्षा चुनौति तथा खतराहरुको सामना गर्नु परिरहेको बताए ।

    बाह्य आक्रमण, आन्तरिक द्वन्द्व, आतंकवाद, आर्थिक संकट, महामारी लगायतका सुरक्षा चुनौतीहरुले मानव जीवनमानै कठिनाइ निम्त्याइरहेका अवस्थामा नेपाली सेना आवश्यक रहेको बताए । नेपाली सेनाको संख्या कटौती गर्न उपयुक्त नहुने रक्षामन्त्री खड्काको भनाई छ ।

    नेपाली सेनाले बहुप्रकृतिको जिम्मेवारी बहन गरिरहेको पनि उपप्रधानमन्त्री खड्काको भनाइ थियो । नेपाली सेनाको संख्या कायमै राखेर अघि बढ्न सान्दर्भिक हुने उनले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार