Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • कांग्रेस महाधिवेशन

    पौडेललाई कोइरालाहरुले पुनः ‘बलिको बोको’ बनाउने खतरा

    पौडेललाई कोइरालाहरुले पुनः ‘बलिको बोको’ बनाउने खतरा

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3.5K
    SHARES

    काठमाडौं । कोरोनाको महामारीमा नेपाली कांग्रेसले आफ्नो १४औं महाधिवेशन समयमै गर्ने जनाइरहेका बेला सभापतिका लागि विभिन्न आकंक्षीहरू देखिएका छन् ।

    केन्द्रीय समितिको गत पुस ११ गते बसेको बैठकले २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौंमा १४ औं महाधिबेशन गर्ने निर्णय गरेको छ । २०७७ साल फागुनमा संभव नभए २०७८ साल भदौभित्रमा महाधिबेशन हुने निश्चित देखिएको छ ।



    महाधिवेशनलाई ध्यानमा राखेर कांग्रेसका विभागहरू धमाधम गठन भइरहेका बेला वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारहरूले विभाग गठन गर्न नहुने भनेर दवाव सिर्जना गरिरहेका छन् ।



    कोइराला परिवारले १४औं महाधिवेशनमा सभापति पदमा उम्मेदवार दिने तयारी गरेको छ । महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.शेखर कोइरालाले सभापतिका लागि आशंक्षा देखाएका छन् । केन्द्रीय सदस्य सुजाता कोइराला भने सभापतिको दौडमा देखिएकी छैनन् । कोइराला परिवारबाट शेखर अगाडि देखिएका छन् । शेखर अन्य कोइरालाहरूभन्दा लोकप्रिय मानिन्छन् ।

    शेखरले नै सभापति शेरबहादुर देउवालाई टक्कर दिँदै आएका छन् । तर, वीपी कोइरालाका कान्छा छोरा शशांकले पनि सभापतिमा उठ्ने संकेत दिइसकेका छन् । शशांकको ग्रिन सिग्नल भएन भने शेखरलाई सभापतिमा उम्मेदवार बनेर जित्न समस्या पर्नेछ ।

    कोइराला परिवारले सहमतिमा सभापतिमा उम्मेदवार दियो भने जित्ने पक्का जस्तै हुने कांग्रेसका एक प्रभावशाली नेता बताउँछन् । कोइरालाका दुई भाईबाट कसको उम्मेदवारी आउने हो स्पष्ट भइसकेको छैन । सभापतिमा उम्मेदवारको आकंक्षीमा वरिष्ठ नेता रामचन्द्र पौडेल पनि रहेका छन् । पौडेललाई कोइराला परिवारले बेलाबेला प्रयोग गरेपनि सभापतिमा सहयोग गर्नेमा धेरैले आशंका गरेका छन् ।

    सभापतिका अर्का आकंक्षी कृष्णप्रसाद सिटौला पनि रहेका छन् । १३औं महाधिवेशनमा टिम बनाएर सभापतिमा उम्मेदवारी दिएका सिटौलाले १४औ महाधिवेशनमा आफ्नो प्रभुत्वलाई स्थापित गर्न पनि टिम बनाएर उम्मेदवारी दिने धेरैको अनुमान छ ।

    लौह पुरुष स्व.गणेशमान सिंहका छोरा प्रकाशमान सिंहपनि सभापतिका आकंक्षी हुन् । यस पटक सिंह आफूलाई सभापतिबाट ब्याक गराउने पक्षमा छैनन् ।
    सभापति बन्ने दाउँमा उपसभापति विमलेन्द्र निधि पनि छन् । स्व.महेन्द्रनारायण निधीका छोरा विमलेन्द्रले सभापति शेरबहादुर देउवालाई जालझेल गरेर रोकेर सभापतिमा उम्मेदवार बन्ने योजनामा छन् ।

    सोही योजनाअनुसार निधिले गतिविधि गर्दै आएको आरोप छ । १४औं महाधिवेशनमा धेरैले सभापतिमा आकांक्षा देखाएपनि सभापति देउवा पनि बलियो उम्मेदवार हुन् ।

    कोइराला, पौडेल, सिटौला र सिंहलगायतका नेताहरू मिलेर सभापतिमा एउटा उम्मेदवार दिए भने उनीहरूको पक्षमा पल्लाभारी हुनेछ । तर, उनीहरूका बीचमा सहमति भएन भने देउवाले जित्ने पक्का जस्तै छ । सभापति देउवा अलोकप्रिय भएको ठहर कोइराला–पौडेलहरूको छ । त्यसको फाइदा १४औं महाधिवेशनमा उठाउने तयारीमा कोइराला–पौडेलहरू छन् । (यूनाइटेड पोस्ट साप्ताहिक)

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार