Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • माधव सापकोटाको दाबी – असार १२ गते संसद्बाट बजेट पास हुन्छ

    माधव सापकोटाको दाबी – असार १२ गते संसद्बाट बजेट पास हुन्छ

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 1.4K
    SHARES

    काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले असार १२ गते संसद्बाट बजेट पास हुने दाबी गरेका छन् ।

    आइतबार संसद्बाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो दाबी गरेका हुन् । उनले सत्ता गठबन्धनमा एक किसिमको सहमति बनेपछि बजेट पास हुने बताए ।



    सांसदहरुले संसद्मा उठाएका कुराको सम्बोधन हुनुपर्ने र अर्थमन्त्री डा. प्रकाशशरण महत र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बजेट सुधार्ने प्रतिवद्धता जनाइसकेकाले बजेट पास हुने उनको भनाई छ ।



    यस्तै उनले प्रचण्ड नेतृत्वको सरकार फेरेर अहिले कुनै पनि विकल्प नरहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार