Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • मन्त्री भुसालले भने – दुग्ध विकास बोर्डको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौं

    मन्त्री भुसालले भने – दुग्ध विकास बोर्डको कामप्रति सन्तुष्ट नभएकाले खारेज गर्न लागेका हौं

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 972
    SHARES

    काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. बेदुराम भुसालले दुग्ध विकास बोर्डले गरेको कामप्रति सरकार सन्तुष्ट नभएकाले भन्दै खारेज गर्न लागिएको बताएका छन् ।

    आइतबार ललितपुरमा भएको डेरी दर्पण विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले सरकारले राखेको उद्देश्य अनुसार काम गर्न नसकेकाले खारेज गर्न लागिएको बताएका हुन् ।



    उनले दुग्ध विकास बोर्ड दूधको विकास र अनुसन्धान तथा समन्वय गर्ने भनेर स्थापना भएपनि त्यस्तो काम गर्न नसकेको उल्लेख गर्दै बोर्डको काममा सरकार सन्तुष्ट नभएर र खर्च कटौती पुनरावलोकन आयोगको सिफारिसको आधारमा खारेजको सूचीका परेको बताए ।



    दुग्ध विकास बोर्ड खारेज गरेर सरकारले दूध विकासबाट हात झिक्न नखोजेको भन्दै उनले बोर्ड खारेज भए पनि अन्य संरचनाबाट काम गर्ने जिकिर गरे ।

    बोर्ड खारेज हुँदैमा डेरी व्यवसायीहरू आतिनुपर्ने अवस्था नरहेको भन्दै उनले सरकारले दुग्ध विकास गर्न कै लागि बोर्डको पुनर्संरचना गर्न खोजेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार