Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

    सरकारको वार्षिक प्रतिवेदन राष्ट्रियसभामा पेस

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 777
    SHARES

    काठमाडौं । राष्ट्रियसभा बैठकमा सरकारको वार्षिक प्रतिवेदन २०७८/७९, महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन, राष्ट्रिय महिला आयोग र राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेस भएको छ ।

    राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले नेपालको संविधानको धारा ५३ बमोजिम प्रतिवेदन पेस गरेका हुन् ।



    त्यस्तै,गुरुङले महालेखा परीक्षकको ६०औँ वार्षिक प्रतिवेदन २०७९, राष्ट्रिय महिला आयोगको १५औँ वार्षिक प्रतिवेदन २०७८-७९ र राष्ट्रिय दलित आयोगको दोस्रो वार्षिक प्रतिवेदन २०७८-७९ पेस गरेका छन् ।



    कानुनमन्त्री गुरुङले  मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० पनि राष्ट्रियसभा समक्ष पेस गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार