काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले भ्रष्टाचार र अनियमिततामा संलग्न कसैलाई पनि उन्मुक्ति नदिने बताएका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा गृहमन्त्रालयसँग सम्बन्धित प्रश्नको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले यस्तो बताएका हुन् ।
तथ्य र प्रमाणले अनियमितता र भ्रष्टाचार देखिएका छन् भने कुनै पनि प्रकरणलाई छुट नदिने गृहमन्त्री श्रेष्ठले दाबी गरे ।
कांग्रेस सांसद रामहरि खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणजस्तै यति ओम्नी, सेक्युरिटी प्रिन्टिङ प्रेससम्बन्धी धेरै काण्डहरूका बारेमा गृहमन्त्रालयको ध्यान कता गएको भन्दै प्रश्न गरेका थिए ।
जवाफमा गृहमन्त्री श्रेष्ठले तथ्य प्रमाण, अनुसन्धानले भ्रष्टाचार देखाए कसैलाई पनि नछाड्ने बताए ।
Leave a Reply