काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दबाबमा हुने धर्म प्रचार रोक्ने बताएका छन् ।
गृह मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले धर्म प्रचार अभियानलाई निर्वाध नछोडिने बताएका हुन्।
गृहमन्त्री श्रेष्ठले भने, ‘दबाब वा प्रलोभनमा कुनै पनि मिसनमा आधारित भएर कुनै पनि प्रकारको धर्म प्रचारको अभियानलाई भने निवाध छोड्न सकिँदन। यो कुरामा पनि सरकार गम्भीर छ र रहनेछ ।’
धर्म व्यक्तिको आस्थाको विषय भएकाले कसैलाई कुनै धर्म मान्न र नमान्न वा आफ्नो धर्म वा आस्था स्वेच्छिक रुपले परिवर्तन गर्न छुट रहने गृहमन्त्री श्रेष्ठको भनाई छ ।
गृहमन्त्री श्रेष्ठले नेपाल धर्मनिरपेक्ष राज्य रहेको र धर्म निरपेक्ष राज्यले राज्यलाई धर्मबाट अलग राख्ने उल्लेख गरे । गृहमन्त्री श्रेष्ठले दबाब र प्रलोभनमा धर्म परिवर्तन गर्न नदिने बताए ।
Leave a Reply