Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • रुसमा वाग्नर समूहको विद्रोह रोकियो, लडाकुका प्रमुख बेलारुस प्रस्थान

    रुसमा वाग्नर समूहको विद्रोह रोकियो, लडाकुका प्रमुख बेलारुस प्रस्थान

    अनलाइन नेपाल
  • आइतबार, १० असार २०८०
  • 1K
    SHARES

    एजेन्सी । रुसमा वाग्नर समूहले विद्रोहलाई स्थगित गरेको छ । वाग्नरका प्रमुख येभगेनी प्रिगोजिन रुस छाडेर बेलारुस प्रस्थान गरेका हुन् ।

    यसअघि सरकारले सेनाविरुद्धको अपराधमा मुद्दा चलाएकोमा अब मुद्दा फिर्ता लिने पनि खबरमा उल्लेख छ । थप रक्तपात हुन नदिने भन्दै वाग्नर समूह राजधानी मस्को प्रवेश नगरि फर्किएको हो ।



    प्रिगोजिनका समर्थकहरू गएराति रोस्तोभबाट फिर्ता भएका छन् । भाडाको यो सैन्य समूह वाग्नरले सबै कार्यक्रमलाई फिर्ता लिएको छ । बेलारुसका राष्ट्रपति अलेक्ज्याण्डर लुकाशेन्कोले येभगेनी प्रिगोजिनसँग कुराकानी समेत गरेका छन् ।



    रुसी सेनासँगै ‘काँधमा काँध’ मिलाएर युक्रेनविरुद्ध युद्धमा रहेको ‘वागनगर सेना’ले शनिबार एकाएक विद्रोह घोषणा गरेको थियो। शनिबार विद्रोह घोषणा गर्दै वागनर सेनाले रुसको रोस्तोव शहरमाथि नियन्त्रण कायम गरेको घोषणा गरेको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार