Online Nepal
  • बुधबार, १० पुष २०८१
  • रुसी रक्षा मन्त्रालयले भन्यो – निजी सैनिक कम्पनी वाग्नर समूहलाई आत्मसमर्पण गर्नू

    रुसी रक्षा मन्त्रालयले भन्यो – निजी सैनिक कम्पनी वाग्नर समूहलाई आत्मसमर्पण गर्नू

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 996
    SHARES

    एजेन्सी । रूसमा निजी लडाकु कम्पनी वाग्नर समूहले सशस्त्र विद्रोहको प्रयास गरेपछि आत्मसमर्पण गर्न आग्रह गरिएको छ ।

    रूसी रक्षा मन्त्रालयले उक्त समूहलाई शनिबार आत्मसमर्पण गर्न आग्रह गरेको हो ।



    “हामी तपाईंलाई विवेकशील हुन र रूसी रक्षा मन्त्रालय वा कानून प्रवर्तन एजेन्सीका प्रतिनिधिहरूसँग जतिसक्दो चाँडो सम्पर्कमा आउन आग्रह गर्दछौं । हामी सबैको सुरक्षाको प्रत्याभूति दिनेछौं,” मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



    रूसी संघीय सुरक्षा सेवाको जनसम्पर्क केन्द्रले वाग्नर निजी सैन्य समूहका प्रमुख येभ्गेनी प्रिगोजिनविरुद्ध सशस्त्र विद्रोहका लागि उक्साएको अभियोगमा फौजदारी मुद्दा दायर गरिएको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार