Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेदरल्याण्डसँग ७ विकेटले हारेसँगै विश्वकप छनोटबाट बाहिरियो नेपाल

    नेदरल्याण्डसँग ७ विकेटले हारेसँगै विश्वकप छनोटबाट बाहिरियो नेपाल

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकपको ग्लोबल छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेदरल्याण्डसँग सात विकेटले पराजित भएको छ ।

    नेदरल्याण्डसँग पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको छ। जिम्बावेको हरारेमा शनिबार भएको निर्णायक खेलमा नेपाल नेदरल्याण्डसँग ७ विकेटले पराजित भएपछि विश्वकप क्रिकेट छनोटबाट बाहिरिएको हो ।



    नेपाललाई पराजित गरेसँगै नेदरल्यान्ड्स विश्वकप छनोट खेलको सुपरसिक्समा प्रवेश गरेको छ । नेपालले प्रस्तुत गरेको १ सय ६८ रनको लक्ष्य नेदरल्यान्ड्सले २८ ओभरमा ३ विकेट क्षतिमा पूरा गर्‍यो । लो स्कोरिङ खेलमा नेदरल्यान्ड्सका म्याक्सवेल ओडाउटले ९० रन प्रहार गरे ।



    ७५ बल खेल्दै ओडाउटले ८ चौका र ४ छक्काको मद्दतले ९० रन बनाए । उनले पहिलो विकेटका लागि विक्रमजीत सिंहसँग ८६ रनको साझेदारी गर्दै जीतको आधार खडा गरेका थिए ।

    नेपालका लागि बलर सन्दीप लामिछानेले २ विकेट लिए भने गुल्सन झाले १ विकेट लिए । लामिछानेले ३० रन बनाएका नेदरल्यान्ड्सका ओपनर सिंहलाई एलबीडब्लू आउट गरे ।

    त्यसैगरी लामिछानेले वेस्ली ब्यारेसीले ३ रनमा आउट गरे । ओडाउटले ३० बलमै ५० रन पूरा गरेका थिए । नेदरल्यान्ड्सका लागि वास डे लिडेले नट आउट ४१ रन प्रहार गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार