Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • पाँचौं विकेट गुमाएसँगै दबाबमा नेपाल, कुशल मल्ल आउट

    पाँचौं विकेट गुमाएसँगै दबाबमा नेपाल, कुशल मल्ल आउट

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो निर्णायक खेलमा नेपालले पाँचौ विकेट गुमाएको छ ।

    टस हारेर ब्याटिङ थालेको नेपाल चौथो विकेट गुमाएसँगै दबाबमा परेको छ ।खेलको पहिलो पावर प्लेमा एक मात्र विकेट गुमाएको नेपालले १५औं, १७औं र १९औं ओभरमा लगातार विकेट गुमाएको थियो।



    तेस्रो ओभरमा ओपनर आसिफ शेख दुई बलमा खाता नखोल्दै आउट भएका थिए। यस्तै, अर्का ओपनर कुशल भुर्तेल ४२ बलमा दुई चौकासहित २७ रनमा पभिलियन फर्के।



    वान् डाउनमा क्रिजमा उत्रिएका भीम सार्की ५६ बल खेलेर एक चौकासहित २२ रन जोडेर आउट भए। त्यसअघि पाँचौं नम्बरमा क्रिजमा उत्रिएका आरिफ शेख चारमा बलमा ६ रन जोडेर आउट भए।

    छैटौं नम्बरमा क्रिजमा उत्रिएका कुशल मल्ल १९ बलमा १२ रन जोडेर आउट भए। अहिले नेपाली कप्तान रोहित पौडेल १६ रन बनाएर खेलिरहेका छन्। कुशलको बहिर्गमनसँगै दीपेन्द्रसिंह ऐरी क्रिजमा उत्रिएका छन्।

    नेपालले २५.४ ओभर सकिँदा चार विकेट गुमाएर ९२ रन बनाएको छ। सुपर सिक्समा पुग्नका लागि नेपाललाई यो खेल जित्नै पर्नै दबाब छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार