Online Nepal
  • मंगलबार, २० कार्तिक २०८१
  • नेपाललाई पहिलो झट्का, आसिफ शून्यमा आउट

    नेपाललाई पहिलो झट्का, आसिफ शून्यमा आउट

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 855
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप छनोट अन्तर्गतको आफ्नो निर्णायक खेलमा नेपालले पहिलो विकेट गुमाएको छ।

    तकासिङ्घा रंगशालामा नेपाली समयअनुसार १२ : ४५ बजे सुरु भएको खेलमा नेपाली ओपनर आसिफ शेख दुई बल खेलेर डक भए।



    उनी पभिलियन फर्केसँगै भीम सार्की क्रिजमा उत्रिएका छन्। नेपालले ३ ओभरमा एक विकेट गुमाएर आठ रन बनाएको छ। नेदरल्यान्ड्सका कप्तान स्कट एड्वार्ड्सले टस जितेर फिल्डिङ रोजेका थिए।



    पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित भएको नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले हराएको थियो।

    तेस्रो खेलमा वेस्ट इन्डिजसँग पराजित भएको नेपाललाई सुपर सिक्समा पुग्न आजको खेल जित्नै पर्ने दबाब छ।

    आजको खेलको विजेताले समूह एबाट सुपर सिक्समा पुग्ने एक टिमको टुङ्गो लगाउने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार