Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • कांग्रेसले लय पक्रन सकेन, जनता निराश भए : गगन थापा

    कांग्रेसले लय पक्रन सकेन, जनता निराश भए : गगन थापा

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 708
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसले लय छाड्दा सामाजिक आक्रोश बढेको बताएका छन् ।

    शनिबार काठमाडौं-४ मा आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।  महामन्त्री थापाले समाजमा व्याप्त असन्तुष्टि,निराशा र आक्रोशले विष्फोटको रुप लिन लागेको भन्दै ब्यापक निराशाको विश्लेषण गर्नुपर्ने बताए ।



    उनले निर्वाचनबाट देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भएको बताए ।  थापाले कांग्रेस अहिले अलमलिएको अवस्थामा भएकाले गति लिन नसकेको स्पष्ट पारे।



    थापाले भने, ‘आज समाजको आक्राश विष्फोट हुन लागेको छ । जताततै ब्यापक निराशा छ । यसको कारण देश हाँक्ने सबैभन्दा ठूलो पूरानो र सबैभन्दा ठूलो जिम्मेवारी प्राप्त नेपाली कांग्रेस पापर्टीको लय बिग्रिदा,यसले लय पक्रिन नसक्दा,अलमलिदा र हामी आफैं असन्तुष्ट हुँदा असरल्ल छरिएको छ ।’

    अरु पार्टीले लय छाड्दा कार्यकर्तामात्र असन्तुष्ट हुने भन्दै थापाले कांग्रेसले लय छाड्दा देश नै निराश बन्ने बताए । उनले भदौबाट काठमाडौं बाहिरका जनतासमक्ष जाने बताए।

    गाउँमा द्वन्द्वकालमा माओवादीको डर र शहरमा शाही सेनाको डर हुँदा पनि कांग्रेसतिर मान्छेको आकर्षण भएको स्मरण गराए। उनले अहिले कांग्रेसले संकल्प के हो स्पष्ट नहुँदा अलमल भएको धारणा राखे।

    उनले कांग्रेस भनेको विचार र आइडिया भएको दाबी गरे। थापाले पूरानो भनेको खराब हो भन्ने भाष्य सिर्जना भएकाले समस्या हुन थालेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार