Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिमका मन्त्री सिंह दम्पत्तिको आज सामूहिक अन्त्येष्टि गरिँदै

    सुदूरपश्चिमका मन्त्री सिंह दम्पत्तिको आज सामूहिक अन्त्येष्टि गरिँदै

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1.2K
    SHARES

    बझाङ । जीप दुर्घटना परी मृत्यु भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंह र उनकी धर्मपत्नी अमृतादेवी सिंहको आज अन्त्येष्टि गरिँदै छ ।

    बुधबार जिल्ला अस्पतालमा राखिएको मन्त्री सिंह दम्पत्तीको पार्थिव शरीरलाई शनिबार ९ बजे जिल्ला अस्पतालदेखि चैनपुर बजार परिक्रमा गराइ ११ बजे नेपाली कांग्रेस पार्टी कार्यालयमा शोक तथा श्रद्धाञ्जली अर्पण गरेर दिउँसो सेती नदीस्थित धौला बगर मसानघाट डुंग्रीमा अन्त्येष्टि गरिने भएको हो।



    मन्त्री सिंहका कान्छा छोरा नर्वेबाट आउन समय लागेकाले चार दिनपछि आज अन्त्येष्टि गरिन लागिएको बताइएको छ ।



    डडेल्धुराबाट गृहजिल्ला बझाङ आउने क्रममा मंगलबार मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको दुर्घटनामा परी मृत्यु भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार