Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • छोरी जन्मिनेबित्तिकै बैंक खातामा पाँच हजार !

    छोरी जन्मिनेबित्तिकै बैंक खातामा पाँच हजार !

    अनलाइन नेपाल
  • शनिबार, ९ असार २०८०
  • 1.1K
    SHARES

    फाइल तस्विर

    बागलुङ । बागलुङ नगरपालिकाले नगरपालिकामा जन्मिने छोरीको बैंक खाता खोलेर तत्कालै पाँच हजार रुपैयाँ जम्मा गरिदिने भएको छ ।

    बागलुङ नगरपालिकाले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा ‘नगरको छोरी’ कार्यक्रमअन्तर्गत छोरी जन्मिनासाथ उनको नाममा पाँच हजार रुपैयाँको मुद्दती खाता खोलेर जम्मा गरिदिने व्यवस्था गर्न लागेको हो। नगरपालिकाले खातामा सम्भव हुने अभिभावकले समेत रकम थप गर्न पाउने व्यवस्था गर्न लागेको हो।ल्याएका हुन्।



    नगरपालिकाले बैंकसँग सम्झौता गरी उक्त खातामा चक्रीयरुपमा उच्चतम ब्याज प्राप्त हुने र उक्त खाताको रकम कम्तीमा २० वर्षसम्म झिक्न नमिल्ने कार्यविधि निर्माण गरेर नगरकी छोरी कार्यक्रम सञ्चालन गर्ने नगरपालिकाको योजना रहेको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले बताए।



    ‘अबदेखि नगरपालिकाभित्र जन्मने सबै छोरीहरु नगरका छोरी कार्यक्रममा समावेश हुनेछन्, उनीहरुको बैंक खाता खोलेर पाँच हजार नगरले नै जम्मा गर्नेछ, अभिभावकले समेत उक्त खातामा इच्छाइएको रकम जम्मा गर्न सक्नेछन्’, नगरप्रमुख श्रेष्ठले भने, ‘नगरको छोरी २० वर्ष पुग्दा ब्याजले नै राम्रो रकम जम्मा हुनेछ।छोरीको नाममा खाता खोलेपछि बचत गर्न अभिभावक प्रेरित हुनेछन्।’

    गर्भावस्थामा भ्रूणजाँच, भ्रूणहत्या र छोरीप्रतिको गलत दृष्टकोणलाई चिदै नारीको सम्मानका लागि नगरको छोरी कार्यक्रम ल्याइएको नगरपालिकाको भनाइ छ । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार