Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • श्रीमतीलाई बलात्कार गर्ने श्रीमानलाई एक महिना कैद

    श्रीमतीलाई बलात्कार गर्ने श्रीमानलाई एक महिना कैद

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    सप्तरी । वैवाहिक बलात्कारको कसूरमा सप्तरीका ३९ वर्षीय श्रीमानलाई एक महिना कैद सजाय सुनाइएको छ ।

    आठ महिनादेखि सप्तरी जिल्ला अदालतमा चलिरहेको वैवाहिक बलात्कारको मुद्दामा आरोपितलाई जिल्ला न्यायाधीश माधवप्रसाद सुबेदीको इजलाशले एक महिना कैद सजायको फैसला सुनाएका हुन् ।



    श्रीमानले गत असोज २० गते बलात्कार गरेको भन्दै पीडित ३२ वर्षीया श्रीमतिले इलाका प्रहरी कार्यालय कडरबोनामा उजुरी दिएकी थिइन् ।



    चार दिनपछि पक्राउ परेका आरोपित जिल्ला न्यायाधीश रमेश प्रसाद ज्ञवालीको इजलाशबाट गत कात्तिक १७ गते धरौटीमा रिहा भएका थिए ।

    उनले श्रीमानबाट ५५ हजार रुपैयाँ क्षतिपूर्ति पाउने भएकी छिन् । फौजदारी कसूर पीडित राहत कोषमा समेत श्रीमानले २ सय रुपियाँ जम्मा गर्नुपर्ने समेत भएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार