काठमाडौं । काठमाडौं महानगरपालिकाले रोकेको ८ औं कान्तिपुर हिसान एडु फेयर आजदेखि पुनः सञ्चालन भएको छ ।
पाटन उच्च अदालतबाट अनुमति पाएसँगै उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ, नेपाल (हिसान) र कान्तिपुर पब्लिकेसन्स लिमिटेडको संयुक्त आयोजनामा मेला सुरु भएको हो ।
एसइई र प्लस टुको रिजल्ट प्रकाशन हुनुअगाडि नै शैक्षिक मेलाका नाममा विद्यालयहरूले शुल्क र भर्नाका लागि नाम टिपाउने गरेका भन्दै गत बिहीबार महानगरपालिकाले मेला बन्द गराएको थियो ।
महानगरको कदमविरुद्ध हिसानले उच्च अदालत पाटनमा निषेधाज्ञाको रिट दर्ता गरेको थियो ।
असार ८, ९ र १० गतेसम्म सञ्चालन हुने मेलामा विद्यार्थी, अभिभावक र सरोकारवालाहरुले नेपालका प्रतिष्ठित शिक्षालय र गुणस्तरीय शिक्षाबारे परामर्श लिन सक्नेछन् ।
Leave a Reply