दैलेख । खोलाले बगाउँदा ठाटीकाँध गाउँपालिका–४ माझचौरकी एक किशोरीको मृत्यु भएको छ।
आज बिहान घट्टबाट घर फर्किँदै गर्दा खोलाले बगाएर गाउँपालिका–४ बस्ने लोकबहादुर कठायतकी छोरी १७ वर्षीया उर्मिला कठायतको मृत्यु भएको हो ।
उनको शब खोलाले बगाएको स्थानबाट १ सय ५० मिटर तल भेटिएको छ ।
रातीदेखि निरन्तर बर्षा भइरहेकोले खोलाको वहाब बढेको र सोही कारण यस्तो घटना भएको हुनसक्ने बताएका छन् ।
Leave a Reply