काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोग विशेष अदालतको फैसला चित्त नबुझेको भन्दै सर्वोच्च अदालत गएको छ ।
घुस तथा रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले सफाइ दिएपछि आयोगले सर्वोच्च अदालतमा पुनरावेदन गरेको हो ।
अख्तियारबाट दायर भएका मुद्दामा विशेष अदालतबाट फैसला भएको मुद्दामा चित्त नबुझेको भन्दै सर्वोच्चमा पुनरावेदन गरिएको आयोगका प्रवक्ता भोला दाहालले बताए ।
विशेषबाट विभिन्न मितिमा फैसला भएकामध्ये गैरकानुनी लाभ तथा हानी पुर्याइ भ्रष्टाचार गरेको सम्बन्धी मुद्दामा असार ७ गतेको आयोगको निर्णयअनुसार सर्वोच्चमा पुनरावेदन गरिएको प्रवक्ता दाहालले बताए ।
विशेष अदालत काठमाडौंले सत्यजीव कुमार सिंह,टुनालाल कर्ण, शीतल रिमाल,सूचना तिमल्सिना,घनश्याम झा र ललित नारायणझ प्रतिवादी रहेको मुद्दामा २०७९ साल पुस १ गते रिमाल र तिमल्सिनालाई प्रमाण अभाव भएको भन्दै सफाइ दिएको थियो भने बाँकी अन्यलाई आंशिक कसुर ठहर गरेको थियो।
Leave a Reply