Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • रुसी फौजमा नेपाली पुगेकोबारे सरकारको ध्यानाकर्षण भएको छ : प्रधानमन्त्री प्रचण्ड

    रुसी फौजमा नेपाली पुगेकोबारे सरकारको ध्यानाकर्षण भएको छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 675
    SHARES

    काठमाडौं । एमालेका सांसद अच्युत मैनालीले रुसी सेनामा नेपाली युवाहरूको प्रवेशको बारेमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग जवाफ मागेका छन् ।

    प्रधानमन्त्रीसँग सांसदहरूको प्रश्नोत्तरमा सांसद मैनालीले नेपाली युवा रुसी सेनामा भर्ती भएको सम्बन्धमा सरकारको जवाफ माग गरेका हुन् ।



    जवाफमा प्रधानमन्त्रीले सरकारको गहिरो ध्यानाकर्षण भएको भन्दै अन्तराष्ट्रिय स्तरमा भइरहेका घटनाबारे सरकारले चासोका साथ नियालिरहेको बताए ।



    प्रधानमन्त्री प्रचण्डले भने, ‘अन्तराष्ट्रिय स्तरका घटनाहरूप्रति नेपाल सरकारको गहिरो ध्यान गएको छ । रुसमा नेपाली युवाहरूको सैनिक भर्ती र घटनाक्रमहरूलाई सरकारले नजिकबाट नियालिरहेको छ।’

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार