Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • राष्ट्रिय गौरवका आयोजनका लागि सरकारले बजेट सुनिश्चित गर्छ : प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रिय गौरवका आयोजनका लागि सरकारले बजेट सुनिश्चित गर्छ : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • शुक्रबार, ८ असार २०८०
  • 498
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय गौरवका आयोजनका लागि बजेट सुनिश्चित गर्ने बताएका छन् ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय गौरवका आयोजनका लागि सरकारले बजेट सुनिश्चित गर्ने गरेको बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आगामी आर्थिक वर्षमा साइट क्लिरियन्स गर्ने कुरामा सरकारको गहिरो ध्यान रहेको बताए ।



    रेल सेवा सञ्चालन गर्ने बारेमा सरकार सकारात्मक रहेको बताउँदै राष्ट्रिय गौरवका आयोजनाका अतिरिक्त अन्य प्राथमिकतामा परेका आयोजनाहरुको जग्गा अधिग्रहण र क्षतिपूर्ति दिने कुरामा सरकारको ध्यानाकर्षण भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार