काठमाडौं । आईसीसी क्रिकेट विश्वकप छनोटमा वेस्ट इन्डिजविरुद्ध नेपालले दिपेन्द्र सिंह ऐरीलाई छैटौँ विकेटको रूपमा गुमाएको छ ।
जिम्बाब्वेका राजधानी हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा जारी खेलको दोस्रो इनिङको २८औँ ओभरको पहिलो बलमा नेपालले ऐरीलाई छैटौँ विकेटको रुपमा गुमाएको हो । ऐरी जासन अकेइल हुसैनको बलिङमा क्याच भए । नेपाली टिमको खातामा ऐरीले २३ रन थपे ।
त्यसअघि टस हारेपछि ब्याटिङमा आएको वेस्ट इन्डिजले निर्धारित ५० ओभरमा सात विकेट गुमाएर ३३९ रनको योगफल खडा गरेको थियो ।
एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल र वेस्ट इन्डिजबीचको यो पहिलो खेल हो ।
Leave a Reply