Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिबारे माग्यो सरकार र नेकपाको धारणा

    कांग्रेसले प्रधानमन्त्रीको अभिव्यक्तिबारे माग्यो सरकार र नेकपाको धारणा

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो अभिव्यक्तिबारे नेपाली काँग्रेसले चासाे देखाएकाे छ।

    प्रधानमन्त्री ओलीको पछिल्लो अभिव्यक्तिबारे सरकार र सत्तारुढ नेपाल कम्युनिस्‍ट पार्टी (नेकपा) को प्रमुख विपक्षी कांग्रेसले चासाे देखाउँदै धारणा मागेको छ ।



    कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीका पछिल्ला अभिव्यक्ति र ब्यवहारप्रति पार्टीको गम्भीर विमति रहेको बताएका छन् ।



    प्रधानमन्त्री पद देशको संस्कार, संविधान र संवेदनशीलता भन्दा पर ब्यक्तिगत सनकको कैदी बन्न नमिल्ने कांग्रेसले पछिल्लो अभिव्यक्तिबारे सरकार र नेकपाको धारणा माग गरेको छ ।

    प्रधानमन्त्री ओलीले श्रीराम भारतीय नभएको र अयोध्या पर्साको ठोरीमा पर्ने अभिव्यक्ति दिएका थिए । यसको चौतर्फी आलोचना भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार