काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अझै केही दिन अस्पतालमै रहने भएका छन् ।
स्वास्थ्य अवस्था निगरानीका लागि अझै केही दिन अस्पतालमै राखिने भएको हो ।
महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ ।
मुटुको गति कम हुने समस्या देखिएपछि राष्ट्रपति पौडेलको मुटुमा मङ्गलवार पेसमेकर राखिएको थियो ।
Leave a Reply