Online Nepal
  • बुधबार, १२ मंसिर २०८१
  • ट्रेड युनियन कांग्रेसको अध्यक्षमा संस्थापन पक्षका कुँवर निर्वाचित

    ट्रेड युनियन कांग्रेसको अध्यक्षमा संस्थापन पक्षका कुँवर निर्वाचित

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 873
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको मजदुर संगठन नेपाल ट्रेड युनियन कांग्रेसको अध्यक्षमा योगेन्द्र कुँवर निर्वाचित भएका छन् ।

    संस्थापन पक्षका उम्मेदवार कुवँरले शेखर-गगन पक्षका महेन्द्र यादवलाई ६५ मतान्तरले पराजित गरेका हुन् । कुवँरले ४४१ मत पाउँदा यादवले ३७६ मत मात्र प्राप्त गरे ।



    पार्टीको नयाँ नेतृत्वका लागि बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानमा मतदान भएको थियो। योगेन्द्र यसअघि महासचिव थिए।



    बाँकी १६ पदाधिकारीमा इतर पक्षका यादव प्यानलका उम्मेदवार निर्वाचित भएका छन् । महासचिवमा अजय कुमार राई ४६४ मतका साथ निर्वाचित भएका हुन्। उनका प्रतिस्पर्थी डीपी अर्यालले ३३७ मतमात्र पाए।

    ट्रेड युनियन कांग्रेसको केन्द्रीय समिति ४९ सदस्यीय हुने व्यवस्था छ। सदस्यतर्फको मत गणना भने जारी रहेको निर्वाचन समितिले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार