काठमाडौं । आईसीसी क्रिकेट विश्वकपको ग्लोबल छनोटअन्तर्गतको तेस्रो खेलमा वेस्ट इन्डिजविरुद्ध नेपालले पहिला बलिङ गर्ने भएको छ ।
हरारे स्पोर्ट्स क्लबमा १२ ४५ मा सुरु हुने खेलका लागि नेपाली कप्तान रोहित पौडेलले बलिङ रोजेका हुन् ।
नेपालको टिममा कुनै पनि परिवर्तन गरिएको छैन।
पहिलो खेलमा जिम्बाब्वेसँग आठ विकेटले पराजित नेपालले दोस्रो खेलमा अमेरिकालाई ६ विकेटले जितेको थियो। नेपाल र वेष्टइन्डिजबीचको खेल हरारे स्पोर्टस् क्लबमा नेपाली समय अनुसार दिउँसो पौने १ मा सुरु हुनेछ ।
यसअघि नेपालले टी–ट्वान्टी तथा एकदिवसीय फर्म्याटमा वेस्टइन्डिजसँग खेलेको थिएन ।
Leave a Reply