Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • बजेटलाई सुधार नगरे यथास्थितिमा पास हुने छाँटकाँट देख्दिनँ : उपेन्द्र यादव

    बजेटलाई सुधार नगरे यथास्थितिमा पास हुने छाँटकाँट देख्दिनँ : उपेन्द्र यादव

    अनलाइन नेपाल
  • बिहिबार, ७ असार २०८०
  • 639
    SHARES

    काठमाडौं । सत्तारुढ गठबन्धनको घटक जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संसद्‌मा प्रस्तुत बजेटले धेरै क्षेत्रलाई उपेक्षा गरेकाले त्यसलाई यथास्थितिमा पारित गर्न नसकिने बताएका छन् ।

    यादवले जिल्ला वा निर्वाचन क्षेत्रको विकासका लागि प्रधानमन्त्री वा अर्थमन्त्री नै हुनुपर्ने अवस्थाको अन्त्य आवश्यक रहेको औंल्याए ।



    अध्यक्ष उपेन्द्र यादवले बिहीबार गरेको पत्रकार सम्मेलनमा नयाँ बजेट जनतामा आशा, भरोसा र उत्साह जगाउन असफल भएको बताए ।



    अध्यक्ष यादवले भने, ‘अहिलेको बजेटमा एकलौटी ढंगले गठबन्धनमा रहेका दलसँग छलफल नै नगरी ल्याइएको छ । मधेस लगायतलाई उपेक्षा गरेको छ । यसलाई सुधार गर्नुपर्छ, यथास्थितिमा बजेट पास हुन्न ।’

    त्यस्तै, उनले समाजवादी मोर्चामा बाबुराम भट्टराईको एक्लै हिँड्ने बानी भएकाले  नसमेटेको विषयमा पनि टिप्पणी गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार