काठमाडौं । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्कासँग अस्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेटवार्ता गरेका छन् ।
बुधबार दिउँसो सिंहदरबारस्थित रक्षा मन्त्रालयमा उपप्रधानमन्त्री खड्कासँग राजदूत भोल्कले शिष्टाचार भेटवार्ता गरेका हुन् । रक्षा मन्त्रालयका अनुसार उनीहरुबीच दुई मुलुकको सम्बन्धबारे कुराकानी भएको थियो ।
उक्त अवसरमा उपप्रधानमन्त्री खड्काले नेपाल र अस्ट्रेलियाबीच ज्यादै घनिष्ठ सम्बन्ध रहेको कुरा व्यक्त गरेका थिए । साथै, सो अवसरमा खड्काले वर्तमान सरकार दुईपक्षीय सम्बन्ध विस्तार गर्नमा प्रतिबद्धता रहेको र यसका लागि काठमाडौंस्थित राजदूतको विशेष भूमिका रहने विचार व्यक्त गरे ।
खड्काले नेपाली सेना र अस्ट्रेलियाको सेना बीचको सहयोग आदानप्रदान गर्ने प्रशस्त संभावना रहेको कुरा उल्लेख गरे । उनले दुई देशको सेनाबीच विभिन्न प्रकारका तालिम एवं शैक्षिक कार्यक्रमहरु आदानप्रदान गर्ने कार्य हाल भइरहेको र भविष्यमा पनि निरन्तरता हुने विचार व्यक्त गरेको मन्त्रालयले जनाएको छ । भेटमा अवसरमा रक्षा मन्यालय एवं परराष्ट्र मन्त्रालय सहसचिवको समेत उपस्थिति रहेको थियो।
Leave a Reply