Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको निर्णयविरूद्ध चलचित्र संघ अदालतमा

    हिन्दी फिल्म चल्न नदिने मेयर बालेनको निर्णयविरूद्ध चलचित्र संघ अदालतमा

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 879
    SHARES

    काठमाडौं । नेपाल चलचित्र संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)को हिन्दी चलचित्रको प्रदर्शन रोक्ने निर्णयविरुद्ध रिट दायर गरेको छ ।

    काठमाडौं महानगरभित्रका हलहरूमा हिन्दी फिल्म सञ्चालन गर्न नदिने मेयर बालेनको निर्णयविरूद्ध फिल्म हल सञ्चालकहरू अदालत पुगेका हुन्।



    चलचित्र संघले बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । संघले काठमाडौंका हलमा हिन्दी चलचित्र सञ्चालन गर्न दिन अन्तरिम आदेश माग गरेको छ ।



    मेयर बालेनले ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने भ्रमपूर्ण संवाद भारतबाट नहटेसम्म हिन्दी फिल्म चल्न नदिने बताउँदै सोमबारदेखि हिन्दी फिल्म प्रदर्शन रोक लगाएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार