Online Nepal
  • आइतबार, २ मंसिर २०८१
  • बिजुली काटिने क्रम बढेपछि भार प्रेषण केन्द्र पुगे ऊर्जामन्त्री बस्नेत

    बिजुली काटिने क्रम बढेपछि भार प्रेषण केन्द्र पुगे ऊर्जामन्त्री बस्नेत

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 765
    SHARES

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्ति बस्नेत देशभरी विद्युत आपूर्तिको अवस्था बारेमा निरीक्षण गर्न नेपाल विद्युत प्राधिकरणको स्युचाटारस्थित भार प्रेषण केन्द्र पुगेका छन् ।

    गर्मी बढेर उर्जाको अत्यधिक खपत भइरहेको र विद्युत आपूर्ति अनियमित भईरहेको बेला उर्जामन्त्री बस्नेत मंगलबार साँझ भार प्रेषण केन्द्र पुगेका हुन् ।



    सो क्रममा मन्त्री बस्नेतलाई नेपाल विद्युत प्राधिकरणका महानिर्देशक कुलमान घिसिङ सहकार्यकारी निर्देशकसहितले देशभरको भारत प्रेषणको रियल टायम कन्ट्रोल सिस्टमका बारेमा जानकारी गराएका थिए।



    भार प्रेषण केन्द्रले देशभरको विद्युत् आपूर्ति, माग र वितरणको व्यवस्थापनको काम गर्छ। साथै भार प्रेषण केन्द्रको निरिक्षणका क्रममा मन्त्री बस्नेतले अब प्रशारण लाइनहरूलाई यथाशक्य चाँडो निर्माण गर्ने गरी योजना बनाउन निर्देशन समेत दिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार