Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कानुनमन्त्री सिंहको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

    कानुनमन्त्री सिंहको निधनप्रति प्रतिनिधिसभामा शोक प्रस्ताव पारित

    अनलाइन नेपाल
  • बुधबार, ६ असार २०८०
  • 699
    SHARES

    काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा प्रतिनिधि सभाले शोक प्रस्ताव पारित गरेको छ ।

    प्रदेश सांसदको निधनमा प्रतिनिधि सभामा पहिलो पटक शोक प्रस्ताव पारित भएको हो । प्रतिनिधिसभाको बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले आधि घण्टाको लागि बैठक स्थगित गरेका हुन्।



    शोक प्रस्ताव पारित गरेर प्रतिनिधि सभाको बैठक आधा घण्टा स्थगित गरेर दोस्रो बैठकमा नियमित कार्यसूचीमा प्रवेश गर्ने कार्यक्रम छ ।



    यसअघि संघीय संसद या संविधानसभाका सदस्यको निधनमा मात्र शोक प्रस्ताव पारित गर्ने गरिएको थियो ।

    बझाङमा मंगलवार भएको दुर्घटनामा मन्त्री सिंहको निधन भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार