काठमाडौं । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गहिरो दुःख व्यक्त छन् ।
दुर्घटनामा सिंहसहित उनकी धर्मपत्नी अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको घटनाप्रति प्रधानमन्त्री प्रचण्डले गहिरो दुःख व्यक्त गरेका हुन् ।
सिंहका परिवार र आफन्तहरूमा गहिरो समवेदना व्यक्त गर्दै प्रधानमन्त्री प्रचण्डले घाइते सबैको शीघ्र स्वास्थ्यलाभको कामना गरे ।
मंगलबार बझाङ जाँदै गर्दा सवारी दुर्घटनामा परी मन्त्री सिंहसहित तीन जनाको मृत्यु भएको हो। गाडीमा सवार दुई जना घाइतेको उपचार भइरहेको छ।
Leave a Reply