काठमाडौं । सिकन्दर राजाको अलराउन्डर प्रदर्शनमा जिम्बाब्वेले आईसीसी क्रिकेट विश्वकप छनोटमा लगातार दोस्रो जित निकालेको छ ।
मंगलबार हरारेस्थित हरारे स्पोर्ट्स क्लबमा सम्पन्न समूह ‘ए’ को खेलमा जिम्बाब्वेले नेदरल्यान्ड्सविरुद्ध ६ विकेटको सहज जित निकालेको हो ।
त्यसअघि टस हारेर ब्याटिङमा आएको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३१५ रनको योगफल खडा गरेको थियो ।
जितसँगै दुई खेलबाट चार अंक जोडेको जिम्बाब्वे समूहको शीर्ष स्थानमा उक्लिएको छ ।
Leave a Reply