काठमाडौं । बझाङमा भएको गाडी दुर्घटनामा परि घाइते भएका सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पृथ्वीबहादुर सिंहको मृत्यु भएको छ ।
मन्त्री सिंहको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा बेलुकी ५ः ३३ बजे मृत्यु भएको प्रहरीले जनाएको छ । सिंहसहित यो दुर्घटनामा ज्यान गुमाउने ३ जना पुगेका छन् ।
दुर्घटनामा घाइते भएकी मन्त्री सिंहकी श्रीमती अमृतादेवी सिंह र भाउजु जयादेवी सिंहको यसअघि बझाङमै मृत्यु भएको थियो ।
मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नंको गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा परेको थियो ।
Leave a Reply