Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • बझाङ जीप दुर्घटना : कोहलपुर मेडिकल कलेजमा कानूनमन्त्री सिंहको उपचार सुरु

    बझाङ जीप दुर्घटना : कोहलपुर मेडिकल कलेजमा कानूनमन्त्री सिंहको उपचार सुरु

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 849
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री पृथ्वीबहादुर सिंहको कोहलपुर मेडिकल कलेजमा उपचार सुरु भएको छ ।

    सवारी दुर्घटनामा गम्भीर घाइते भएका कानुनमन्त्री सिंहको उपचार सुरु भएको हो । मन्त्री सिंहको टाउकोमा गम्भीर चोट देखिएको छ ।



    साथै उनको नाकबाट अत्यधिक रक्तश्राव हुनुका साथै अक्सिजनको मात्रा तथा नाडीको चाल कम रहेको छ । तर मुटुको चाल भने अधिक रहेको बताइएको छ ।



    उनीसँगै गाडी चालक धर्मराज जोशी, मन्त्रीको सुरक्षार्थ खटिएका प्रहरी सहायक हवलदार दीपक भण्डारीको अवस्था पनि गम्भीर रहेको छ ।

    उनीहरूलाई पनि मन्त्रीसँग हेलिकप्टरमार्फत उपचारका लागि नेपालगन्ज लगिएको छ । दुर्घटनामा मन्त्रीकी पत्नी अमृता सिंह र नाता पर्ने एक महिलाको भने घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । मंगलबार मन्त्री सवार सु.प.प्र.०१००१ झ ४८० नंको गाडी केदारस्युँ गाउँपालिकामा दुर्घटनामा भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार