Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिँदै

    सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद्‌मा लगिँदै

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 798
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले सुर्तीजन्य पदार्थको कर बढाउने प्रस्ताव मन्त्रिपरिषद् बैठकमा लैजाने बताएका छन् ।

    एमाले स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख एवं पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्णगोपाल श्रेष्ठ नेतृत्वको विभागका सदस्यहरुको टोलीले बुझाएको ज्ञापनपत्र बुझ्दै बस्नेतले यस्तो बताएका हुन् ।



    बस्नेतले सुर्तीजन्य पदार्थको करबाट सङ्कलित रकम देशभरिका गरिबको उपचारमा लगाउने बताए ।



    त्यस्तै, ठूलो सङ्ख्यामा चिकित्सक र नर्स पलायनको अवस्था चिन्ताजनक भएको भन्दै उनीहरूलाई स्वदेशमा नै सेवा गर्ने वातावरण तयार गर्ने प्रतिबद्धता जनाए । विदेशमा गएर पनि चिकित्सक र नर्सले भनेजस्तो तलब सेवासुविधा नपाएको उनको भनाइ छ ।

    अस्पतालले १० प्रतिशत बिरामीलाई निःशुल्क उपचार गर्नुपर्ने, विभिन्न आठ खालका कडा रोगको उपचारलाई सहज बनाउनुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने, तीन सय ९६ स्थानीय तहमा आधारभूत अस्पताल निर्माणमा तीव्रता दिनुपर्ने माग राख्दै विभागका सदस्यहरु मन्त्रालय पुगेका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार