काठमाडौं । नागरिकता माग गर्दै मंगलबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरिएको छ ।
जनमत पार्टीको विद्यार्थी संगठनको अगुवाइमा गरिएको प्रदर्शनमा नागरिकता माग गर्दै नाराबाजी गरिएको थियो । बाबुआमाको नेपाली नागरिकता भए पनि छोराछोरीले नपाएको भन्दै प्रदर्शन गरिएको हो ।
प्रदर्शनका क्रममा आन्दोलनरत सर्वसाधारणमाथि प्रहरीले धरपकड गरेको छ। निषेधित क्षेत्रमा प्रदर्शन गरिएको भन्दै प्रहरीले हस्तक्षेप गरेको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयक सर्वोच्च अदालतले कार्यान्वयनमा रोक लगाउँदा आफूहरु नागरिकताबाट वञ्चित भएको भन्दै नागरिकता पीडित संघर्ष समितिले माइतीघरमा प्रदर्शन गरिरहेको छ।
Leave a Reply