काठमाडौं । असार २ गते रातिको बाढीपहिरोबाट संखुवासभा, ताप्लेजुङ, पाँचथर र धनकुटामा १० जनाको ज्यान गएको छ भने २६ बेपत्ता जना बेपत्ता छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उक्त जानकारी गराएका हुन्।
शनिबार रातिदेखिको अविरल वर्षाका कारण संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा बढी क्षति भएको छ ।
विपदका घटनामा ६ जना घाइते, २६ जना बेपत्ता र ५४ घर पूर्ण रुपमा क्षति भएको उनले जानकारी दिए ।
त्यस्तै, गृहमन्त्री श्रेष्ठले बाढीपहिरो जस्ता विपदमा परेर ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति थप एक लाख राहत उपलब्ध गराउने बताए ।
सरकारले विपद पीडित व्यवस्थापन कार्य २०७७ बमोजिम एक जनाको मृत्यु भए दुई लाख र सोही परिवारका अन्य व्यक्तिको मृत्यु भए प्रतिव्यक्ति थप एक लाख उपलब्ध गराउने व्यवस्था मिलाएको हो ।
Leave a Reply