Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • गगन थापाले भने- प्रम ओलीबाट देश सुरक्षित छैन

    गगन थापाले भने- प्रम ओलीबाट देश सुरक्षित छैन

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.1K
    SHARES

    फाइल फोटो

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या र रामबारे दिएको अभिव्यक्तिको व्यापक रुपमा आलोचना भइरहेको छ । सोमबार भानु जयन्तीका अवसरमा प्रधानमन्त्री ओलीले नेपाल सांस्कृतिक अतिक्रमणमा परेको उल्लेख गर्दै भगवान रामको राज्य अयोध्या नेपालको वीरगन्जदेखि पश्चिममा पर्ने बताएका थिए ।

    उनले राम नेपाली भएको र भारतले विवादित अयोध्या खडा गरेको दाबी गरेका थिए । बिनाप्रमाण प्रधानमन्त्री ओलीले विवादित अभिव्यक्ति दिएको भन्दै आलोचना भइरहेको छ ।



    यसैक्रममा कांग्रेस सांसद तथा पूर्वमन्त्री गगन थापाले प्रधानमन्त्री ओलीले नेकपाभित्रको आन्तरिक किचलोमा कुर्सी जोगाउन योजनाबद्ध ढंगले अस्त्र उठाउँदै राजनीतिक स्टन्ट गरेको आरोप लगाएका छन् ।



    थापाले ट्वीटरमा लेखेका छन्, ‘प्रधानमन्त्रीको अभिव्यक्तिमा प्रतिक्रिया देख्दा धेरैले ‘जे पनि बोल्ने’ प्रमको पुरानै प्रवृत्ति हो र यो पनि उट्पट्याङ शैलीबाट आएको क्षणिक आवेगको रुपमा लिएको पाएँ। मेरो विचारमा-यो नेकपाको आन्तरिक किचलोमा प्रमले आफ्नो कुर्ची जोगाउन योजनाबद्ध ढंगले उठाएको अस्त्र र राजनीतिक स्टन्ट हो ।’

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार