Online Nepal
  • शनिबार, १२ असोज २०८१
  • दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो

    दुई वर्ष बढेको पर्यटक बसाइ अवधि घट्यो

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 876
    SHARES

    फाइल तस्विर

    काठमाडौं । वर्षमा झन्डै १२ लाख पुगेको नेपालको पर्यटक आगमन कोभिड-१९ पछि ओरालो लागे पनि पर्यटकको बसाइ अवधि लम्बिएको थियो । यसअघिका २ वर्ष पर्यटकको औसत बसाइ अवधि लम्बिएको देखिएको भए पनि अहिले घटेको छ ।

    नेपालमा १ दशकको अवधिमा कुनै पनि वर्ष पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको छैन । तर, कोभिड १९ महामारी अवधिका २ वर्ष सन् २०२० र २०२१ मा भने नेपालमा पर्यटकको औसत बसाइ अवधि १५ दिन पुगेको थियो ।



    अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार ती वर्षमा पर्यटकको बसाइ अवधि लम्बिएको छ । तर, महामारी कम भएको र पर्यटक आगमनमा क्रमिक सुधार देखिएको सन् २०२२ मा भने बसाइ अवधि घटेको छ ।



    आर्थिक सर्वेक्षणअनुसार सन् २०२२ मा पर्यटकको औसत बसाइ १३ दशमलव १ दिनमा झरेको छ । सन् २०२०/२०२१ मा क्रमशः औसत बसाइ अवधि १५ दशमलव १ र १५ दशमलव ५ दिन रहेको सर्वेक्षणमा उल्लेख छ । आर्थिक अभियान दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार