एजेन्सी। अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले सोमबार बेइजिङमा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन्। भेटमा दुई देशबीचको तनाव कम गरी सम्बन्ध सुधारमा जोड दिइएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले भेटवार्तालाई सकारात्मक भएको बताएका छन् । सोही क्रममा ब्लिन्केनले दुई देशबीचको वार्ता अझै अगाडि बढ्न सक्ने संकेत गरे ।
भेटपछि ब्लिन्केनले भने, ‘मैले बैठकमा जोड दिएँ कि आपसी मतभेदहरू समाधान गर्ने सबैभन्दा राम्रो उपाय भनेको दुई देश सम्पर्कमा रहनु र उच्च स्तरमा वार्ता गरिरहनु हो। त्यसैले त्यो प्रतिस्पर्धाले सङ्घर्षको रूप लिँदैन ।’
उनले भने, ‘हाम्रा चिनियाँ समकक्षीले पनि त्यही विश्वास गर्छन् । सम्बन्धमा स्थायित्व आवश्यक छ भन्ने कुरामा हामी दुवै सहमत थियौं।’ अमेरिकी विदेश मन्त्रालयको विज्ञप्ति अनुसार यस भेटमा चिनियाँ राष्ट्रपति सी जिनपिङले भने, ‘दुवै पक्षले केही प्रगति गरेका छन् र दुई देशबीचका केही विषयमा दुई देशबीच सहमति भएको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन दुई दिने भ्रमणमा बेइजिङ पुगेका हुन् । चीनका राष्ट्रपतिसँगको उनको भेट यसअघि प्रस्तावित नभएको र त्यसको केही घण्टाअघि नै घोषणा गरिएको थियो ।
Leave a Reply