Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • ‘नेदरल्याण्ड पठाइदिन्छु, डेढ लाख तलब हुन्छ’ भन्दै २६ लाख ठगी, बलराम बत्तिसपुतलीबाट पक्राउ

    ‘नेदरल्याण्ड पठाइदिन्छु, डेढ लाख तलब हुन्छ’ भन्दै २६ लाख ठगी, बलराम बत्तिसपुतलीबाट पक्राउ

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेदरल्याण्डलाई पठाइदिन्छु भन्दै २६ लाख रुपैयाँ ठगी गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

    काठमाडौँ महानगरपालिका–९ घर भएका ३० वर्षीय बलराम थापा मगरलाई उपत्यका अपराध अनुसन्धान कार्यालयले सोमबार बत्तिसपुतलीबाट पक्राउ गरेको हो ।



    मगरले टिकाजंग कार्कीलाई ‘वैदेशिक रोजगारीमा नेदरल्याण्ड पठाइदिन्छु, डेढ लाख तलब हुने सेल्स मेनमा जागिर लगाइदिन्छु’ भन्दै २६ पटक–पटक गरी २६ लाख रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए ।



    वैदेशिक रोजगार विभागको आग्रहमा प्रहरीले मगरलाई सोमबार बत्तिसपुतलीबाट पक्राउ गरेको हो । उनलाई प्रहरीले थप अनुसन्धान गर्न वैदेशिक रोजगार विभाग पठाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार