Online Nepal
  • बुधबार, २३ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि ?

    प्रधानमन्त्री प्रचण्डले भने – समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि ?

    अनलाइन नेपाल
  • सोमबार, ४ असार २०८०
  • 738
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने बताएका छन् ।

    माओवादी केन्द्रसहित चार दलको समाजवादी मोर्चा घोषणा कार्यक्रममा बोल्दै माओवादी अध्यक्ष समेत रहेका प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रचण्डले भने, ‘पार्टीहरूको स्वतन्त्रताको पनि रक्षा होस् र देश र जनताको समस्या सम्बोधन गर्न पनि एक हौं भन्ने हाम्रो ध्यय छ। एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरेका छौं।’



    प्रचण्डले ६ वर्षअघि एमाले र माओवादीबीच एकता गर्नु हतारो भएको टिप्पणी गरे । प्रचण्डले २०७५ जेठ ३ गते नेकपा नबनाइ समाजवादी मोर्चा बनाएको भए एमालेसँगको एकता टिक्थ्यो कि भन्ने विचार व्यक्त गरे ।

    राष्ट्रिय सभा गृहको यही हलमा ठूलो भरोसा र अपेक्षाका साथ नेकपा गठनको घोषणा गरेको भएपनि त्यो पार्टी बचाउन नसकेको उनले बताए ।

    निश्चित विचार र उद्देश्यका साथ मोर्चा बनाउन सफल भएको र फड्किएर पार्टी एकता गर्दा दुर्घटना भएको उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार