काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल चीनको औपचारिक भ्रमणका लागि प्रस्थान गरेका छन् ।
चीनको सिनचियाङ्ग स्वशासित क्षेत्रको काशी प्रान्तमा असार ६ गतेदेखि १० गतेसम्म आयोजना हुने १३औं काशी कमोडिटी फेयरमा सहभागी हुन त्यसतर्फ प्रस्थान गरेका हुन् ।
मन्त्री रिजालसंगै भ्रमण टोलीमा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारी तथा मन्त्री रिजालका स्वकीय उपसचिव बृहस्पति कृष्ण श्रेष्ठको सहभागीता रहेको छ ।
सिल्क रोड ईकोनोमिक बेल्टमा रहेका मुलुकहरुसँगको सम्पर्क संजाल अभिवृद्धि गर्ने र बाह्रय विश्वसँगको खुलापनलाई बढाउनु फेयरको मूख्य उद्देश्य रहेको छ ।
Leave a Reply